७ असार २०८३, आईतवार
,
Latest
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अस्पताल र चिकित्सकको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिएका छन् । गृहमन्त्रालयसँगको समन्वय र सहकार्यमा मन्त्रालयले अस्पताल, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान गएको उनले बताए ।

डक्टर्स सोसाइटी अफ नेपालको प्रतिनिधिमण्डलले अस्पताल तथा स्वास्थ्य संस्थामा असुरक्षा बढेको जनाउँदै राज्यमन्त्री डा. यादवलाई एप्रोनसमेत बुझाएका थिए । अस्पतालमा बिरामीको उपचारमा सक्रिय रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुव्र्यवहारका घटना बढेका भन्दै सुरक्षाको माग राख्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको सोसाइटीका महासचिव डा. तोसीमा कार्कीले जानकारी दिए ।

पछिल्लो समय नेपाल चिकित्सक सङ्घले सङ्घका आजीवन सदस्य प्राध्यापक चिकित्सक भोलाराज जोशीमाथि उपचारकोे विषयलाई लिएर चावहिलस्थित ओम अस्पतालमा दुव्र्यवहार तथा मानमर्दन भएको थियो ।




भर्खरै