७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट



अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ । बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो ।

त्यस्तै यहाँका सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताए । त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपिडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको अनुगमन टोलीले जनाएको छ ।

पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट करीब रु आठ लाख बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथ केही म्याद नाघेका औषधि फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । अखाद्य वस्तुलाई कानूनी प्रक्रियाअनुसार नष्ट गरिएको छ । म्याद गुज्रेको अखाद्य वस्तु एमएस सप्लायर्स, कोटभैरब जनरल स्टोर, सुबिन ट्रेडर्स, घटाल सप्लार्यस, कलेल ट्रेडर्स एण्ड सप्लार्यसबाट भेटिएको टोलीले जनाएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोली रहेको थियो ।

सिन्धुलीः जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमनका क्रममा फेला परेको म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा पेय पदार्थको माग पनि बढ्ने गरेको र म्याद सकिएका पेय पदार्थ बिक्री वितरण नहोस् भन्ने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले जानकारी दिए ।

म्याद सकिएर पनि बिक्रीका लागि राखिएको चिसो पेय पदार्थ भेटिएकाले सञ्चालकलाई आगामी दिनमा म्याद सकिएका कुनै पनि खाद्यवस्तु बिक्री वितरण नगर्न आग्रह गगरिएको उनले बताए । अनुगमनका क्रममा नवदुर्गा ट्रेडर्स र भूपूसैनिक होटल जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बजार अनुगमनमा आठ होटल तथा पसलमा राखिएको चिसो पेय पदार्थको अनुगमन गरिएको थियो ।