१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग

आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग
अ अ+ अ-

दमौली । जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ । समितिले केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि विभिन्न उपकरण आवश्यक पर्ने भएकाले गृह मन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग विभिन्न उपकरण माग गरेको हो ।

जिल्लामा घट्न सक्ने विपत्का समयमा उद्धारका लागि विभिन्न सामग्री आवश्यक पर्ने भए पनि आपतकालीन कार्यसञ्चालन केन्द्रमा उक्त सामग्री अभाव रहेकाले गृहमन्त्रालयसँग ती सामग्री वा रकम निकासा गर्न माग गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

समितिले कम्प्युटर डिस्प्ले बोर्ड तथा सोसँग सम्बन्धित आवश्यक सामग्री एक थान, रुख काट्ने मेसिन दुई थान, लाइफ ज्याकेट २० थान, स्ट्रेचर १० थान, सेफ्टी रिफ्लेक्शन टिसर्ट २० थान, प्राथमिक उपचार बक्स १० थान, टर्चलाइट १० थान, डोरी १०० मिटरका पाँच मुठा माग गरेको छ । त्यस्तै गैँटी २५, बेल्चा २५, साप्लो १०, बाल्टिन २० र अग्नि नियन्त्रकयन्त्र २५ माग गरिएको छ ।

विपद् व्यवस्थापनको लागि पृथ्वीराजमार्ग र सहायक मार्गमा पर्ने सबै स्थानीय तहले राजमार्ग र स्थानीय मार्ग तथा अन्य स्थानमा रुख लडी बाटो तथा निकास अवरुद्ध हुने समयमा तत्काल प्रयोग गरी राजमार्ग खुलाउनका लागि रुख काट्ने मेसिन खरीद गरी सम्बन्धित प्रहरी एकाइमा हस्तान्तरण गर्ने भएको छ ।