१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना एक जनाको मृत्यु



अ+ अ-

ललितपुर । ललितपुरको सुनाकोठीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५० नम्बरको बस सुनोकाठीमा दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा बाटो काट्ने क्रममा रहेका ७० वर्षिय रुकु कार्कीको घटनास्थलमै मृत्यू भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक कार्कीलाई बसका चालकले व्याक गरेर मारेको प्रहरीको भनाई छ । बसका चालक र सहचालक अहिले फरार रहेको प्रहरीको भनाई छ ।