काठमाडौं । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको हो।
उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भन्दै सुरक्षा दिन परेको र ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन्। सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।
रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेर जानकारी दिइकी छन्।