१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कुखुरा पालेरै भुसालले जोड्नुभयो १५ बिघा जमीन

कुखुरा पालेरै भुसालले जोड्नुभयो १५ बिघा जमीन
अ अ+ अ-

भरतपुर । निरन्तर सङ्घर्ष गर्यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिनुभएको छ । २२ वर्ष अघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा शुरु गर्नुभएका भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् ।

भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण गरेर १५० ब्रोइलर कुखुरा पाल्न शुरु गर्नुभयो । भरतपुरको प्राइम बैंकका प्रबन्धकको कोठामा भेटिनुभएका भुसालले जोगी र साहुँ हुँदै यहाँसम्म आइपुगेको बताउनुभयो । बाढी, बर्डफ्लु, जनआन्दोलन, नाकाबन्दीजस्ता सङ्कट उहाँले पार गर्नुभयो ।

विसं २०५९ मा राप्ती नदीले सबै कुखुरा बगाएपछि सम्पत्तिभन्दा ऋण चार गुणा पुगेको भन्दै उहाँले निरन्तर काम नछोडेकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको बताउनुभयो । बाढीले १५ हजार कुखुरा बगाएपछि ऋणमा चुर्लुम्म डुबे पनि हरेश नखानु भएका भुसालले त्यसपछि पनि कुखुरापालन व्यवसायलाई निरन्तरता दिनुभयो । यससँगै आफ्नो पुख्र्यौली चार कट्ठा जमीनलाई बढाएर त्यही ठाउँमा तीन बिघा १० कट्ठा जमीन पु¥याएको उहाँले बताउनुभयो । भुसालले भनेजस्तै दोस्रो पटक फेरि २०६२÷०६३ को जनआन्दोलनसँगै उहाँलाई यही पेशाले जोगी बनायो । ऋण अरु थपिए पनि पेशामा उहाँले निरन्तरता दिनुभयो । विसं २०६२ बाट उहाँले ब्रोइलरसँगै लेयर्स पनि पाल्न थाल्नुभयो ।

त्यतिबेला उहाँको कुखुरा ५० हजार पुगेका थिए । आँट बढ्दै गयो भुसालले भन्नुभयो “२०७१ सालमा नवलपरासीको धारापानीमा चार बिघा जमीन किनेर ४० हजार लेयर्स पाल्न थाले ।”

त्यसको दुई वर्षपछि उहाँले नवलपरासीकै दुम्कीवासमा पाँच बिघा जमीन किनेर ५० हजार लेयर्स पाल्न थाल्नुभयो । अझै विस्तारका लागि नवलपरासीकै मुडावासमा भुसालले तीन बिघा जमीन थप्नुभएको छ । चार कट्ठा पुख्र्यौली जमीनबाट अहिले उहाँको जमीन १५ बिघा नाघेको छ । तीन ठाउँमा गरेर एक लाख १५ हजार लेयर्स छन् । भुसालका अनुसार श्रीमती सविना र छोरा शिवले अहिले व्यवसायमा सघाएका छन् । तीन स्थानमा गरेर ५५ मजदूरले काम पाएका छन् ।

पछिल्लो समय नोक्सानी बढेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । बैंकको ऋण तिर्न गाह्रो परेकोमा चिन्ता व्यक्त गर्दै उहाँले बैंकका प्रबन्धक पदम पौडेलतर्फ हेर्दै हरेश भने नखाएको बताउनुभयो । पढाइका बारेमा जिज्ञासा राख्दा सानो हुँदा पढाइमा खासै ध्यान नगएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कक्षा ५ सम्ममात्र पढेको हो, त्यही लेख्दिनुहोस् ।” थोरै पढेकामा लुकाउनु पर्ने र चिन्तामा छैन उहाँले भन्नुभयो, “निरन्तर परिश्रम गर्यो भने स्वदेशमै राम्रो गर्न सकिन्छ ।” उथलपुथल बनेको बजार, रोगको प्रकोप र बढेको गर्मीले यो पेशालाई निरन्तरता दिन कठिन हुने हो कि भन्ने चिन्ता भुसालमा रहेको छ ।