१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नोट बाँड्न सुरु गरेको पाँच दिनमा साटियो ८ अर्ब



अ+ अ-

काठमाडौं । दसैंका लागि भनेर नयाँ नोट बाँड्न सुरु गरेको ५ दिनमा ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ। राष्ट्र बैंकले असोज १० गतेदेखि मंगलबार बेलुकासम्ममा ८ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट साटिएको हो।

खासगरी बडादसैं पर्वमा साना दरका नयाँ तथा सुकिला नोटको माग उच्च हुने र दसैंमा ठूलाबडाबाट आसिर्वादसँगै दक्षिणा दिने चलन छ भने यसरी दिइने दक्षिणामा सकभर नयाँ नोट प्रयोग गरिन्छ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालयको मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नयाँ नोट सटही र वितरण गरिरहेको छ।

त्यसैगरी, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको छ।
यसरी साटिएका नयाँ नोटमा पाँच, दश, बीस, पचास र सय दरका नोट रहेका छन्।