२८ असार २०८३, आईतवार
,
Latest
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा गोरखामा एकतिहाइ मात्र मल आपूर्ति बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा शिक्षामा लगाएको तीन प्रतिशत समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने



अ+ अ-

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका गणेश नेपालीको शव अझै पनि टिचिङ अस्पतालमै राखिएको छ। परिवारले शव बुझ्न अस्वीकार गरेकाले हालसम्म पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन।

नेपालीलाई शहीद घोषणा गर्नुपर्ने, मोटरसाइकलमा ह्वील लक लगाएको घटनामा संलग्न काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै शनिबार राति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकार र पीडित पक्षबीच वार्ता भएको थियो। तर उक्त वार्ता कुनै निष्कर्षमा पुग्न सकेन।

यसपछि आइतबार बिहान पुनः वार्ता गर्ने सहमति भए पनि निर्धारित समयमा छलफल हुन सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका एक स्रोतका अनुसार दुवै पक्षबीच पुनः संवादको तयारी भइरहेको छ।

स्रोतका अनुसार केहीबेरमै जिल्ला प्रशासन कार्यालयमा पीडित परिवार, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिबीच वार्ता बस्ने तयारी गरिएको छ। वार्ताबाट सहमति जुटे शव व्यवस्थापन र अन्य प्रक्रियाबारे निर्णय हुने अपेक्षा गरिएको छ।