२९ असार २०८३, सोमबार
,
Latest
थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती दाङमा शिक्षा अधिकृतमाथि मोविल छर्किने वडा सदस्य पक्राउ गगन थापाको निवासअघि पनि शंकास्पद रूपमा गाडी पार्क भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित महिला तथा सामाजिक सुरक्षाका विषयमा मन्त्री सिता बादी र सांसद इन्दिरा राना मगरबीच छलफल प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्योः विपक्षीको नाडी छाम्ने काम नगरियोस् मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी



अ+ अ-

काठमाडाैँ । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ ।

चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ । नयाँ प्रणालीअनुसार, कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि मात्र भए पनि आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

अधिकारीका अनुसार, दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्यधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएकाले त्यसको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको हो । कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी–सोनले पत्रकार सम्मेलनमा आइतबार बिहान १० बजे दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रभावित क्षेत्रमा सप्ताहन्तभर तापक्रमले आपतकालीन चेतावनी जारी गर्ने मापदण्ड पूरा गरेको थियो । “आपतकालीन हिटवेभ चेतावनीको अर्थ केवल मौसम अत्यधिक तातो हुनु मात्र होइन” लीले भन्नुभयो, “यसले स्वस्थ व्यक्तिलाई समेत गर्मीजन्य रोग वा मृत्युको उच्च जोखिम हुने अवस्था जनाउँछ ।” उहाँले आपतकालीन चेतावनी जारी भएका क्षेत्रमा बाहिरी गतिविधि तुरुन्त रोक्न, शीतल स्थानमा बस्न तथा बालबालिका वा घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारी साधनभित्र एक्लै नछोड्न आग्रह गर्नुभयो ।