२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण



अ+ अ-

गोरखा। जिल्लाका विभिन्न भाग भएर बग्ने चुक्तीखोला र लुदीखोलामा दुई वटा पक्की पुल निर्माण भएका छन् ।

यातायातका साधन सञ्चालन गर्नमिल्ने गरी निर्माण भएका ती पुलको आज उद्घाटन गरिएको हो ।

दुई वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने सम्झौता भएका दुवै  पुल एक वर्ष नबित्दै निर्माणसम्पन्न भएका हुन् । पुल पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको  उद्घाटन समारोहमा  निर्माण व्यवसायीहरु राजेन्द्र थपलिया र मिलन खड्कालाई अभिनन्दन गर्नुभयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार लुदी खोलामा रु सात करोड ५९ लाख ३० हजार र चुक्तीखोलाको रु तीन करोड ५८ लाख ३९ हजारमा  निर्माण गरिएको हो । रासस