२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण र नेविसंघ नै खोज्नुपर्ने अवस्थामा : कोइराला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका भ्रातृ संस्थालाई खोज्नुपर्ने अवस्था भएको बताएका छन् ।

तरुण दल केन्द्रीय समितिले दसैंको अवसर गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेता कोइरालाले भ्रातृ संस्था ‘तरुण दल र नेविसंघ नै खोज्नुपर्ने अवस्था छ। अनि सडक कसरी तात्छ ?’

तदर्थवाद भातृ संस्थाहरूलाई परिचालित भएको भन्दै नेतृत्वप्रति आपत्ति जनाए। नेविसंघ र तरुण दलको अधिवेशन छिटो गर्नुपर्नेमा उनले जोड दिए।

पार्टीको १४औं महाधिवेशनको लागि समयावधि बढाउन नहुने उनको धारणा थियो। कोइरालाले भने,‘पार्टीभित्र मतभेदहरु भए पनि त्यसलाई स्विकारेर अगाडि जानुको विकल्प छैन।’