१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं आयो सी चीनफिङको परीक्षण उडानको जहाज



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ। बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।

एयर चाइनाको बोइङ जहाज विमानस्थलमै छ। भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान केहीबेर रोकिएर फेरि सुचारू भएका छन्।

उक्त जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन्।

सी असोजको २६र२७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन्।