काठमाडौं । बडादशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले महाअष्टमीको दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका छन् । पूर्वराजा शाहले अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुमा दर्शन गर्ने भएका हुन् ।
उनले नक्साल भगवती, कालिकास्थान, गुह्यश्वरी, मैतीदेवी, भद्रकाली, शोभा भगवती, संकटा, नरदेवी, रक्तकाली र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।