काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बुधबार बैंकले लमजुङको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १, नवलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।