३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री खतिवडा भारत प्रस्थान



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा भारत प्रस्थान गरेका छन्। मन्त्री खतिवडा अक्टोबर ३ र ४ मा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँदिल्ली गाएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले ‘दक्षिण एसियाको आर्थिक परिदृश्य’ विषयमा अतिथि वक्ताका रुपमा सम्बोधन गर्दै नेपालको विकास एजेन्डा, आर्थिक स्थिति, लगानीको वातावरणमा भएको सुधार, राजस्व क्षेत्रमा भएका सुधारलगायतका विषयमा सहभागीलाई जानकारी गराउनेछन्।

कार्यक्रमको समयमा अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्डसँग द्विपक्षीय भेटघाट गर्नेछन्।

यस्तै विश्वका आर्थिक क्षेत्रका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ।

भ्रमणका अवसरमा अर्थमन्त्री डा। खतिवडा र भारतीय समकक्षी अर्थमन्त्री निर्मला सितारमणबीच भारतको अर्थ मन्त्रालयमा द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ।

उनीहरुबीच पछिल्लो आर्थिक स्थिति, नेपाल–भारत सम्बन्ध, भारतले नेपालमा सहयोग गरेका आयोजनाको अवस्थालगायत समसामयिक विषयमा छलफल हुनेछ।