• १ असार २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु, दुई घाइते ★   प्रधानमन्त्री दाहालसँग पाकिस्तानका राजदूत हास्मीको भेटवार्ता ★   ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला ★   बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो ★   इंग्ल्याण्डले १९ बलमा ४८ रनको लक्ष्य पछ्यायो, विश्वकपमा सबैभन्दा छिटो रन चेज ★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित

महराले दिए दोस्रो राजीनामा, अझै अर्को राजिनामा दिनुपर्ने



काठमाडौं । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाएका छन्। संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाएका हुन्।

स्रोतका अनुसार महराले नयाँ राजीनामा पत्रमा ‘नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनेर उल्लेख गरेका छन्।

उनको राजीनामा सर्तसहितको भएको भन्दै नेकपाकै नेताहरूले आलोचना गरेका थिए। उपसभामुख शिवमाया तुम्बाहाम्फे महराको राजीनामा पत्र बोकेर आएका उनका स्वकीय सचिव सागर केसीलाई सर्तसहितको राजीनामा पत्रमा असन्तुष्टि जनाएकी थिइन्। उनले राजीनामा पत्रको व्यहोरा सच्याउन महरालाई खबर पठाएकी थिइन्।

महराले राजीनामा दिएसँगै उनको नाम संघीय संसद सचिवालयको वेवसाइटबाट समेत हटाइएको छ।

महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए।