११ भाद्र २०८३, बिहीबार
,
Latest
निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ह्विल लक महानगर प्रहरीले लगाएको हो’ भन्दै विपक्षीमाथि आक्रोशित बने गृहमन्त्री



अ+ अ-

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभामा आक्रोशित रूपमा प्रस्तुत भएका छन्।

शुक्रबार संसद् बैठकमा बोल्दै उनले विपक्षी सांसदहरूले सरकारमाथि मात्र दोषारोपण गरेको भन्दै प्रतिप्रश्न गरे। घटनापछि संसद्मा चर्को आवाज उठाउने नेताहरू घटना भएको दिन अस्पताल र घटनास्थलमा कहाँ थिए भन्ने प्रश्न उनले गरे।

गृहमन्त्री गुरुङले घटनास्थलमा ह्विल लक काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लगाएको उल्लेख गर्दै त्यसको जिम्मेवारी स्थानीय तहसँग जोडिएको बताए। उनले स्थानीय सरकार र प्रदेश सरकार दुवै विपक्षीकै नेतृत्वमा रहेको दाबी गर्दै सम्पूर्ण जिम्मेवारी संघीय सरकारमाथि मात्रै थोपर्न नमिल्ने धारणा राखे।

‘संसद्मा घाँटी चिच्याएर कराउनेहरू हिजो अस्पतालमा को–को हुनुहुन्थ्यो? घटना भएको ठाउँमा ह्विल लक महानगर प्रहरीले लगाएको हो। स्थानीय सरकार कसको छ? प्रदेश सरकार कसको छ? दुई तहका सरकार तपाईँहरूकै नेतृत्वमा छन्,’ भन्दै उनले विपक्षीको आलोचना गरेका हुन्।