१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बाढीपीडितलाई राहत वितरण

बाढीपीडितलाई राहत वितरण
अ अ+ अ-

गलेश्वर । असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् ।

समाज कल्याण परिषद्को तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बाढीपीडित पार्वती परियारलाई रु ६० हजार, अनिता परियारलाई रु ४० हजार, दिलप्रसाद जुग्जाली र राममाया परियारलाई रु ३०/३० हजार, रमेश परियार, रेशम परियार, विष्णु परियार र सेते किसानलाई रु १०/१० हजारका दरले राहत रकम प्रदान गरेका हुन् ।

त्यसैगरी बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापा, कार्यपालिका सदस्य गौमती नेपाली, डम्मर पोखरेल र चन्द्र कुँवरले आफूले पाएको पारिश्रमिकबाट रु ५१ हजार बाढीपीडित राहत सहयोग व्यवस्थापन समितिका संयोजक भीमबहादुर रिजाललाई हस्तान्तरण गरे । त्यस्तै अष्ट्रेलियामा भएका बगरफाँटका दीपक कार्कीको नेतृत्वमा सङ्कलन भएको रु ६१ हजार ८०० बैंक खातामा जम्मा भएको भौचर पनि स्थानीयवासी पदमपाणि शर्माले समितिका अध्यक्ष रिजाललाई हस्तान्तरण गरेका थिए ।

विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय म्याग्दीले सात परिवारलाई एक÷एक बोरा चामल र एक/एक थान ब्ल्याङ्केट सहयोग गरेको छ । सो अवसरमा हलकरा चन्द्रबहादुर क्षेत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हुलाक अधिकृत साधना श्रेष्ठले जानकारी दिए ।

बाढीपीडितको घर पुनःनिर्माणका लागि सञ्चालित अभियानमा हालसम्म रु दुई लाख ७१ हजार सङ्कलन भएको राहत सहयोग सङ्कलन तथा व्यवस्थापन समितिका सचिव उषा घर्ती घिमिरेले जानकारी दिए । बाढीले क्षति गरेको बुद्ध एकेडेमीको तीव्ररुपमा पुनःनिर्माण कार्य भइरहेको छ ।
सो अवसरमा मन्त्री थापाले बाढीपीडितलाई पुर्नवासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुका साथै सरकारले पनि सहयोग गर्ने बताएका छन् ।