७ असार २०८३, आईतवार
,
Latest
रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण



अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६/७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताए ।

उनले भने, “सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर हामीले कुखुरा र घ्यू दिन शुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ ।” उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घ्यू वितरण गर्ने कार्यको शुरुआत गरेको छ । वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घ्यू वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुशी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताए ।

उनले भने, “वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्ने छ ।” चालू आर्थिक वर्षको साउनयता नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू प्रदान गरिएको सो वडाका वडासदस्य दीपा श्रेष्ठले जानकारी दिए । स्थानीयवासी सुनिता धामीले भने, “सुत्केरीलाई लोकल कुखुरा र घ्यू दिनु राम्रो हो, यो कार्य सबै वडाले गरे झन् राम्रो हुनेछ ।”

यसअघि दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो ।




भर्खरै