२६ असार २०८३, शुक्रबार
,
Latest
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका



अ+ अ-

काठमाडौँ। भारतको पश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षाका कारण फोहोरको विशाल थुप्रो एउटा तीनतले भवनमाथि खस्दा १६ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार बुधवार भएको उक्त दुर्घटनाका बेला भवनभित्र कुल २० जना रहेका थिए । तीमध्ये चार जना भागेर ज्यान जोगाउन सफल भए पनि बाँकी १६ जना कर्मचारीहरू भित्रै फसिरहेको बताइएको छ ।

घटना लगतै प्रहरी, दमकल विभाग र विपद् व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् । लगातारको वर्षाका कारण फोहोरको थुप्रो खुकुलो भई भवनमाथि खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

भारतमा मनसुन शुरु भएसँगै विगत केही दिनदेखि महाराष्ट्रका पुणे र मुम्बई लगायतका क्षेत्रमा भइरहेको भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल