७ असार २०८३, आईतवार
,
Latest
रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण



अ+ अ-

दमौली । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो ।

चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार चितुवा नियन्त्रणका लागि बाख्रा राखेर खोर बनाइएको थियो । “लामो समयको प्रयासपछि चितुवा खोरमा पर्न सफल भएको छ”, बरालले भन्नुभयो, “नियन्त्रणमा आएको चितुवालाई चिडियाखाना वा राष्ट्रिय निकुञ्ज पठाउने तयारी गरेका छौ ।”

बालबालिकालाई आक्रमण गरेर ज्यान नै लिने चितुवा नियन्त्रणमा आएपछि स्थानीयवासी खुशी भएका छन् । स्थानीयवासी अर्जुन रानाभाटले नरभंक्षी चितुवा नियन्त्रणमा आएसँगै सर्वसाधारणले राहत महसुस गरेको जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयले सबै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप रु दश लाखका दरले राहत रकम वितरण गरिसकेको छ ।




भर्खरै