१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

धानको बाला नलागेपछि किसान चिन्तित

धानको बाला नलागेपछि किसान चिन्तित
अ अ+ अ-

दाङ । दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन । धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ ।

लमही नगरपालिका–३ टिकुलीगढ र मजगाउँका कृषक खेतमा रोपिएको धानको नाम हो ‘गरिमा’ । किसान छविलाल चौधरीले मात्रै करीब १५ कट्ठामा खेतमा गरिमा जातको धान रोप्नुभएको छ । उहाँको खेतमा रोपिएको धान पसाएको छैन । अर्का किसान मनिराम आचार्यले पनि आफूले रोपेको धान नपसाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “यो राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्थे त्यही भनेर बीउ किनेर ल्याएर रोपेको त यस्तो परेछ ।” उहाँले भन्नुभयो, “बीउ किन्दा पनि अति राम्रो धान हो भन्दै रोप्न सुझाएकाले रोपेको हुँ । यस पटक धान भित्र्याउने नभई पराल भित्र्याउने अवस्था देखिएको छ ।”

मजगाउँका अर्का किसान पुरन चौधरीको व्यथा पनि उस्तै छ । उहाँले रोपेको धानले १०० दिन काटिसकेको छ तर पसाउने लक्षण देखिएको छैन । नौ कट्ठामा रोपेको धान खेतमा धान र घाँस बराबर छ । उहाँले भन्नुभयो, “धान रोपियो तर, अहिले बाला नै लागेन, यस्तो अचम्म अहिलेसम्म भएको थिएन ।” देउखुरीमा यस्ता थुप्रै किसान छन्, जसले गरिमा धान रोपेका छन् ।
यसपालि धानको बीउले धोका दिएकाले चामल किनेर खाने अवस्था आउने चिन्तामा किसान छन् । पसाउन नसकेको सबै धान गरिमा जातको धान हो । अरु जातको धान सबै ठाउँमा पहेँलपुर भई सक्यो कतै बाला झुलेका छन् । खासमा गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचीकृत गरेको बीउ हो । यो धान सालाखाला ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइ सक्नुपर्ने कृषिज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो । “सय दिन पुगिसक्दा पनि धान अझै पसाएको छैन, अब धान फल्ला भन्ने अवस्था छैन ।” उहाँले भन्नुभयो, “कृषकको खेतमा धान नपसाएको भन्ने खबर थाहा पाएर खेतमै पुगेर अवस्था बुझेको छु ।”

कृषिज्ञान केन्द्र प्रमुख बस्नेतले धानको बोटको अवस्था हेर्दा धान पसाउने अवस्था नरहेको प्रष्ट देखिएको बताउनुभयो । अबको मौसम चिसो हुँदै गएकाले धान पसाउन सम्भावना कम हुँदै गएको उहाँको भनाइ छ । गत वर्ष यही जातको धान रोपेका उनै कृषकले राम्रो उत्पादन गरेका थिए ।
दाङसहित चितवन, नवलपरासी, र बाँकेमा गरिमा जातको धानको बीउ बिक्री गरिएको थियो । बिक्री गरेका सबै ठाउँमा यही समस्या देखिएको छ । छिमेकीको खेतमा अन्य जातको धानको बाला झुलिसकेका छन् । तर, गरिमा धान रोपेका किसानको खेतमा धान बाला नलागेर ठाडो परेको छ । जसले गर्दा किसान निरास छन् ।