१ असार २०८३, सोमबार
,
Latest
मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषालू च्याउ खाँदा एकै परिवारका नौ जना बिरामी



अ+ अ-

रुपन्देही । विषालू च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका नौ जना बिरामी परेका छन्। बुधबार साँझ घर नजिकैको बाँसघारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका हुन्।

सम्मरीमाई गाउँपालिका ६, नगवलियाका ७५ वर्षीया रोशनी यादव, ७३ वर्षीया रामपुजन यादव, ५० वर्षीया चन्द्रमती यादव, ४० वर्षीया गीता यादव र ईश्वरवति यादव, ३३ वर्षीया मञ्जु यादव, १८ वर्षीया सीमा यादव, १४ वर्षीया रोमा यादव र १० वर्षीया आशिष यादव छन्।

च्याउ खाएपछि राति १० बजेतिर उनिहरुलाई बान्ता हुने, पेट दुख्ने समस्या देखिएपछि अस्पताल ल्याइएको उनीहरुका आफन्त अयोध्या यादवले जानकारी दिए। बिरामीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको उनले बताए।

‘सोही बाँसघारीमा उम्रिएको च्याउ केही दिन पहिला खाँदा कुनै समस्या देखिएको थिएन। तर हिजो खाँदा समस्या देखियो। हामीले तुरुन्त अस्पताल ल्याएकाले कुनै अप्रिय घटना हुन पाएन’, उनले भने।