२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ



अ+ अ-

काठमाडौँ। नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दुःख दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू ‘अपराध महाशाखाबाट एसपी दिलीप घिमिरे’ भएको भन्दै सर्वसाधारणलाई धम्क्याउने, अनावश्यक दबाब दिने तथा दुःख हैरानी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनले प्रहरी कर्मचारीसँग विवाद गर्दै सार्वजनिक स्थानमा होहल्ला गरी शान्तिसुरक्षामा खलल पु¥याउने तथा अभद्र व्यवहार गरेको आरोप लागेको छ ।

आलेमगरलाई काठमाडौँ महानगरपालिका–२६ सिंहदरबार अगाडिको सडक खण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । रासस