१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ बर्षिय युवतीको बलात्कारपछि हत्या भएको शंका



अ+ अ-

जनकपुरधाम । महोत्तरीको गौशालामा नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा एक युवतीको शव फेला परेको छ । बिहीबार बिहान २२ वर्षीया शर्मिला दनुवारको सव फेला परेको हो ।

सुस्त मनस्थिति भएकी युवती पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । पूहरीका अनुसार महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए ।

बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।

‘मेडिकल रिपोर्ट आएपछि बलात्कार भएको हो, होइन भन्ने थाहा लाग्छ,’ उनले भने, ‘घट्नाको बाँकी अनुसन्धान शुरु गरेका छौं ।’