६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मठमन्दिरहरुमा भक्तजनहरुको घुइचो



अ+ अ-

उर्मिला यादव यात्री, सुनवल । नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै पश्चिम नवलपरासीको बिभिन्न मठमन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । बिभिन्न दुर्गा मन्दिरहरुमा देवी भगवती र दुर्गाको मुर्तिमा बिशेष पुजाआजा गर्न भक्तजहरुको घुइचो लागेको हो ।

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीको दुर्गा मन्दिर , पाल्हीभगवती मन्दिर , दाउन्ने देवी मन्दिर , लगायतका मन्दिरहरुमा अन्य समय भन्दा बढी घुइचो लागेको छ । ति मठ मन्दिरहरुमा दशै सुरु भए लगतै दैनिक रुपमा बिशेष पुजा आजा हुनुका साथै भजनकिर्तनहरु समेत भैरहेका छन । दशैको बेलामा बिभिन्न शक्ति पिठहरुमा श्रद्धालु भक्तजनहरुले पुजा अर्चना गरेमा पारिवारिक सुख शान्ति मिल्ने धार्मिक बिश्वास रही आएको दुर्गा मन्दिर सुनवल १२ भुमहीका पण्डित डालाराम भण्डारीले बताउनु भएको छ ।

तराइका जिल्लाहरुमा तथा मधेशी समुदायमा घटस्थापना देखि नै दुर्गा भवानीको र्र्मुिर्त बनाएर बिशेष रुपमा पुजा आजा गर्ने चलन रहि आएको छ । नवलपरासी जिल्लाको सदरमुकामम परासी, सुनवल , स्वाठी , बत्रौली , रजहवा ,सरावल , पाल्हिनन्दन , गुठीप्रसौनी कुस्मा लगायत जिल्लाको बिभिन्न स्थानमा दुर्गाको मुर्तिको स्थापना गरी पुजा हुनुका साथै भजनकिर्तहरु समेत भैरहेका छन । यस्तै गरी पाल्हिनन्दन ५ गेरमीमा रामलिला भब्य रुपमा पनि भैरहेको आयोजक समितीले जनाएको छ ।

यस्तै गरी भुमही दुर्गा मन्दिर ब्यवस्थापन समितीले मन्दिरमा सहयोग गर्ने चन्दादाताहरुलाइ आज बिहीबार साझ ६ बजे सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ । सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने मन्दिर ब्यवस्थापन समितीले जनाएको छ ।