१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मठमन्दिरहरुमा भक्तजनहरुको घुइचो

मठमन्दिरहरुमा भक्तजनहरुको घुइचो
अ अ+ अ-

उर्मिला यादव यात्री, सुनवल । नेपालीहरुको महान चाड बडा दशै सुरु भए लगतै पश्चिम नवलपरासीको बिभिन्न मठमन्दिरहरुमा भक्तजनहरुको घुइचो लागेको छ । बिभिन्न दुर्गा मन्दिरहरुमा देवी भगवती र दुर्गाको मुर्तिमा बिशेष पुजाआजा गर्न भक्तजहरुको घुइचो लागेको हो ।

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीको दुर्गा मन्दिर , पाल्हीभगवती मन्दिर , दाउन्ने देवी मन्दिर , लगायतका मन्दिरहरुमा अन्य समय भन्दा बढी घुइचो लागेको छ । ति मठ मन्दिरहरुमा दशै सुरु भए लगतै दैनिक रुपमा बिशेष पुजा आजा हुनुका साथै भजनकिर्तनहरु समेत भैरहेका छन । दशैको बेलामा बिभिन्न शक्ति पिठहरुमा श्रद्धालु भक्तजनहरुले पुजा अर्चना गरेमा पारिवारिक सुख शान्ति मिल्ने धार्मिक बिश्वास रही आएको दुर्गा मन्दिर सुनवल १२ भुमहीका पण्डित डालाराम भण्डारीले बताउनु भएको छ ।

तराइका जिल्लाहरुमा तथा मधेशी समुदायमा घटस्थापना देखि नै दुर्गा भवानीको र्र्मुिर्त बनाएर बिशेष रुपमा पुजा आजा गर्ने चलन रहि आएको छ । नवलपरासी जिल्लाको सदरमुकामम परासी, सुनवल , स्वाठी , बत्रौली , रजहवा ,सरावल , पाल्हिनन्दन , गुठीप्रसौनी कुस्मा लगायत जिल्लाको बिभिन्न स्थानमा दुर्गाको मुर्तिको स्थापना गरी पुजा हुनुका साथै भजनकिर्तहरु समेत भैरहेका छन । यस्तै गरी पाल्हिनन्दन ५ गेरमीमा रामलिला भब्य रुपमा पनि भैरहेको आयोजक समितीले जनाएको छ ।

यस्तै गरी भुमही दुर्गा मन्दिर ब्यवस्थापन समितीले मन्दिरमा सहयोग गर्ने चन्दादाताहरुलाइ आज बिहीबार साझ ६ बजे सम्मान गर्ने कार्यक्रम आयोजना गरेको छ । सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने मन्दिर ब्यवस्थापन समितीले जनाएको छ ।