७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

“कर्णालीमा विकासका लागि पैसाको अभाव छैन्”



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्पादनको वृद्धि नगरी कर्णालीको विकास हुन नसक्ने बताउनुभएको छ । कालीकोटको खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा बताउनुभएको हो ।

कर्णालीमा उत्पादन गर्न सकिने धेरै कुरा भए पनि अहिले हामीले आयातित सामानलाई मात्र ध्यान दिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । “स्याउ, सिमी लगायतका जे जे उत्पादन हुन्छन्, त्यसको उत्पादन वृद्धि गर्नुहोस्”, उहाँले भन्नुभयो,“हामीले उत्पादन गर्न सकेका छैनौं केवल कोकाकोला, चाउचाउ, चामल ल्याएका छाँैं, पैसा पठाएको छौँ ।”

मुख्यमन्त्री शाहीले भन्नुभयो, “हाम्रो विगतको पुस्ता आफैँ उत्पादन गरेर बिक्री गर्ने कर्णालीको पुस्ता हो, अहिले कोही आयो कि माग्ने काम मात्रै भयो ।”

मानिसमा सामाजिक सेवा भावना हराउँदै गएको र सामाजिक सेवाका नाममा व्यक्तिले फाइदा लिने प्रवृति हाबी हुँदै गएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

कर्णालीमा विकासका लागि पैसाको अभाव छैन् नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,“तर, उपभोक्ता समिति, ठेकेदारले आफूले पाए ठिक आफूले नपाए अदालत अख्तियारमा मुद्दा गर्ने र विकास हुन नदिने प्रवृति हाबी भयो ।”