१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सङ्घर्षको अन्तिम विकल्प बन्यो होटल

सङ्घर्षको अन्तिम विकल्प बन्यो होटल
अ अ+ अ-

इलाम । देउमाई नगरपालिकास्थित राँकेका प्रकाश बस्नेतलाई साङ्गीतिक क्षेत्रमा रमाउँदा रमाउँदै विदेश जानुपर्ने बाध्यता आइलाग्यो । घरमा आर्थिक समस्या भएपछि बस्नेत आफ्नै मामाको सल्लाहमा दक्षिण कोरिया हानिए ।

रोजगारीकै लागि उनी कोरिया त पुगे तर, सोचे जस्तो भएन । ठूलो लगानी र धेरै परिश्रम खर्चिएकाले फर्किहाल्ने स्थिति रहेन । उनी डेढ वर्षभन्दा बढी समय कोरियामा टिक्न सकेनन् । जति बेलै गाउँघरकै यादले सतायो र अन्ततः स्वदेशमै केही गर्ने अठोटसहित उनी नेपाल फर्किए । विदेशबाट फर्किएपछि उनले जिल्ला सदरमुकाममा बसेर कोरियाली भाषा पढाउन थाले ।

उनी निरन्तर भाषा पढाउनै लागिपरे । खाडी मुलुकमा भौंतारिनेको लहड बढेका बेला कोरिया जान तम्सिने गाउँमा धेरै नै थिए । एक्ला बस्नेतले सबैलाई अध्यापन गराउन सक्ने कुरा भएन तर, उनले हिम्मत भने हारेनन् । राम्रो कमाइ भएसँगै उनलाई कुनै नयाँ व्यवसायमा लगानी गर्न मन भयो । यत्तिकैमा उनले आफ्नै गाउँ राँकेमा ठूलै लगानीमा होटल खोल्ने विचार गरे । आफ्नै जग्गामा तीन करोड रुपैयाँ लगानी गर्दै चार तले घरमा बस्नेतले होटल शुरु गरे । करीव डेढ वर्षअघि खोलेको यो होटलले उनलाई राम्रै प्रतिफल दिइरहेको छ ।

आयातितलाई भन्दा पनि स्थानीय परिकारलाई प्राथमिकता दिन थालेपछि होटलमा ग्राहकको समेत आगमन बढेको बस्नेत बताउँछन् । अहिले उनको होटलमा दैनिक ५० भन्दा बढी मानिस बास बस्छन् । उनले भने – “मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथिभरा जानेहरुको ठूलै जमात होटलमा बस्न आउँछन् । ग्रामीण परिवेशको खानेकुरा खुवाउँदा ग्राहक खुशी हुन्छन् ।”

उनको होटलमा पाँच जनाले रोजगारी पाएका छन् । बैठक कोठाको समेत व्यवस्था भएको यस चामु होटलमै भविष्यमा स्थानीय वस्तुको प्रशोधन गर्ने एउटा कारखाना खोल्ने उनको सोच छ ।

यस्तै, इलाम नगरपालिकास्थित पुवाझुवाका सोम सुनुवारले पनि अहिले सदरमुकाम छेउमा होटल खोलेका छन् । पैंतालीस वर्षीय सुनुवारले धेरै ‘हण्डर’ खाएपछि होटल खोलेका हुन् । धेरैतिर जागिर खाएपनि स्थायी हुन नसकिने र बीचैमा छाड्नु पर्ने हैरानले गर्दा उनी यो व्यवसायमा लागेका हुन् ।

पन्ध्र वर्षसम्म पत्रकारिता र ठाउँ ठाउँमा जागीर खाए पनि सन्तुष्टि नपाएपछि अन्तिम विकल्पका रूपमा होटल खोलेको सुनुवार सुनाउँछन् । “जागीर पनि धेरैतिर खाएँ तर, छोड भनेका दिन छोड्नु पर्ने हुँदो रहेछ,” सुनुवार थप्छन् – “आफ्नै लगानीमा केही गरियो भने घाटा नाफा आफ्नै भनेर थालेको हुँ ।”

झण्डै आधा दर्जन सङ्घ–संस्थामा जागीर खाए पनि आफ्नै लगानीमा होटल खोल्नु जत्तिकै मज्जा अरू नभएको सुुनुवार उनी बताउँछन् । सुनुवारले भने – नासाबिके भन्ने संस्थामा पनि दुई वर्ष काम गरें तर, कहिल्यै स्थायी भइएन । प्रोजेक्ट सकिएपछि झोला बोकेर घर नै हिड्नु पर्ने १”

करीव २० लाखको लगानीमा घर भाडामा लिएर होटल खोलेका सुनुवारले आफूसँगै अन्य पाँच जनालाई रोजगारी दिइरहेका छन् । उनको होटलले अर्गानिक खानालाई प्राथमिकता दिँदै आएको छ ।

पछिल्लो समय लगानीयोग्य क्षेत्र ठानेर होटल चलाउनेहरु जिल्लामा थुप्रै छन् । धेरैले वैदेशिक रोजगारीमा कमाएको रकम होटलमा लगानी गरेका छन् । स्वेदशमै बस्नेले पनि लगानीयोग्य क्षेत्रका रुपमा होटल नै रोज्नेहरु पनि छन् । लगानीमैत्री क्षेत्र भएको र ठूला होटल नभएका कारण पनि जिल्लामा पछिल्लो दुई वर्षयता होटल बढेको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौड्याल बताउँछन् । विसं २०७२ को भूकम्पपछि जिल्लामा होटल बढेका हुन् । त्यसपछि पर्यटकीय प्रवद्र्धनका बढी काम भएकाले पर्यटक बढेका हुन् । उनका अनुसार साठीकै दशकमा सदरमुकाममा ठूला दुई होटल बनेपछि धेरैले यसमा लगानी थालेका हुन् । पछिल्लो समय सीमावर्ती क्षेत्र भारतको इलाममा लगानी बढेको पौड्यालको बुझाइ छ ।

विसं २०७२ मा यस जिल्ला आउने पर्यटकको सङ्ख्या १४ हजार थियो । यो सङ्ख्या २०७३ मा बढेर ६३ हजार पुग्यो । अहिले निरन्तर बढिरहेको छ । पौड्याल भन्छन् – “यही वर्ष पनि एक लाख ३६ हजार पर्यटक आएको तथ्याङ्क छ तर, अन्य माध्यमबाट आउने पर्यटन पनि धेरै छन् । त्यसैले लगानीमैत्री वातावरण बन्दैछ भन्ने लाग्छ ।”

अहिले जिल्लामा करीव ४०० को हाराहारीमा होटल छन् । त्यसमध्ये एक करोडभन्दा माथिका १२ वटा छन् । जिल्ला सदरमुकामसहित सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारेलगायतका क्षेत्रमा बढी होटल सञ्चालनमा रहेका छन् । जिल्लामा सरकारीस्तरबाट पनि होटल लगानीमा सहयोग मिले अझ धेरै होटल थपिने अध्यक्ष पौड्यालको विश्वास छ ।