२९ श्रावण २०८३, शुक्रबार
,
Latest
ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधन दुर्घटनामा मृत्यु



अ+ अ-

सुनसरी। कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारी साधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटनमा भएको थियो ।

दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारको क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिनुभयो । सोही दुर्घटनामा पिकअपमा सवार सिराहा लहान नगरपालिका घर भई विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाईते भएका छन् ।

उनको अवस्था समान्य भएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस