१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
अ अ+ अ-

गोरखा।गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ ।

नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उहाँले भन्नुभयो, ‘‘यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन् ।”

विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्नसक्ने आर्थिक जोखिम न्युनीकरणका लागि बिमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ । यसबाट सामुदयिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाइ छ । रासस