१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरका मेयरलाई डेंगु, अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगु भएको पुष्टि भएको छ । परीक्षणका क्रममा उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शाक्यको ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा स्वास्थ परीक्षण पछि उनलाई भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगुको संक्रमण भएको थियो ।

डेंगुका कारण यो वर्ष अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने हजारौँ प्रभावित भएका छन् । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकहरुले बताएका छन् ।