२४ असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन तुइन खोलामा पहिरो रोकथाम सुरु नेप्से परिसूचक ३०.०९ अङ्कले घट्यो मन्त्रिपरिषद् बैठक सुरु वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी ‘विद्युत् शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३’ प्रति इप्पानको असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह



अ+ अ-

काठमाडाैँ । नेपाल खानेपानी संस्थानका निमित्त महाप्रवन्धक शैलेन्द्रप्रसाद साहले नगर क्षेत्रभित्र वितरण भइरहेको खानेपानीको गुणस्तर मापदण्ड अनुसार नै रहेको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा आफ्नो धारणा राख्दै उहाँले मुहान संरक्षण र गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितको व्यवस्थापन कार्य अघि बढिरहेको जानकारी दिनुभएको हो । निमित्त महाप्रवन्धक साहले बुटवलको लामो समयदेखि समस्याग्रस्त रहेको खानेपानी आयोजनाले अहिले गति लिएको बताउनु भयो ।

उहाँकाअनुसार नयाँ बजेटमा वाटर सेफ्टी प्लान र रिचार्ज प्लान जस्ता कार्यक्रमहरू समावेश भई स्वीकृतिको प्रक्रियामा रहेका छन् । संस्थानको वित्तीय अवस्था र महशुलका विषयमा बोल्दै साहले हालको महशुल दरले कार्यसञ्चालन खर्च धान्न कठिन भइरहेको उल्लेख गर्नुभयो । वि.सं. २०७० सालमा निर्धारण गरिएको ११० रुपैयाँको न्युनतम महशुलमा अहिले पनि सेवा प्रवाह गरिरहनुपरेको उहाँको भनाइ छ ।

संस्थानलाई सेवामूलक भनिए पनि वैदेशिक ऋणमा १५ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने बाध्यताले संस्थागत विकासमा बाधा पुगेको उहाँले बताउनु भयो । संस्थानलाई स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारको नीतिबारे टिप्पणी गर्दै उहाँले नगरपालिकाहरूको कार्यबोझ र सक्षमतालाई पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खानेपानी मन्त्रालय र हालको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहजीकरणमा सो योजनाको काम अगाडि बढेको छ । यसको निर्धारित समय पुस २३ गतेसम्म भएपनि सचिवज्यूको निर्देशन अनुसार कात्तिकभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ हामी जुटेका छौँ । नगरपालिकाहरूमा हस्तान्तरण गर्दा ऋण मिनाहा हुने तर संस्थानले नै सञ्चालन गर्दा ऋणको भार बोकिरहनुपर्ने विभेदकारी रणनीतिभन्दा एउटा छुट्टै छाता संगठन वा प्राधिकरण बनाएर व्यवस्थित गर्नु उपयुक्त हुन्छ ।’

धारा जडानमा देखिएका व्यावहारिक कठिनाइबारे चर्चा गर्दै उहाँले गरिब तथा न्युन आय भएका नागरिकका लागि जडान शुल्क महँगो भएको स्वीकार गर्नुभयो । ‘एक घर, एक धारा’ को राष्ट्रिय लक्ष्य प्राप्तिका लागि मन्त्रालयस्तरबाटै स्पष्ट नीति र निर्देशिका आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । नीतिगत सुधार भएमा मात्र आम नागरिकको खानेपानीमा पहुँच विस्तार गर्न सकिने उहाँको भनाइ छ ।