१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अनुगमनका क्रममा कुहिएको मासु नष्ट

अनुगमनका क्रममा कुहिएको मासु नष्ट
अ अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपुर्याई सञ्चालन गरेको पाइएको छ ।

अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।

त्यस्तै जयकाली मिट शप पसलले नवीकरण नगरेको, मासु काट्ने औजार खिया लागेको, पसल फोहर भएका, एप्रोन प्रयोग नगरेको, कुहिएको र बिग्रिएको बासी मासु बिक्रीमा राखेको पाइएपछि कुहिएको चार किलो मासु जफत गरी नष्ट गरिएको छ । त्यसैगरी महाकाली मिट शप पसलले नवीकरण नगरेको, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै नराखेको, एप्रोन, हेयरनेट, माक्स र पञ्जा प्रयोग नगरेको, बधस्थलमा फोहर र दुगन्र्धित भएको पाइएको छ ।

यता लक्ष्मीदास शाहीको राँगोको मासु पसल दर्ता नगरेको, मासु कपडा भिजाएर छोपेको, सडक पेटी र बाटोमा टेबुल राखेर मासु बेचबिखन गरेको, भुइँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल नराखेको पाइएको छ । न्यू चिकेन स्टोरमा सरसफाइमा ध्यान नदिएको र एप्रोन सेतो प्र्रयोग नगरेको तथा पी।एस।मिट शप पसल नवीकरण नगरेको पाइएको छ ।

त्यस्तै क्वालिटी कोल्ड स्टोर मःमः को पाकेजिङमा उत्पादन मिति नभएको, मासुको किमा लगायतमा लेबल राखेर मात्र बेचबिखन गर्न निर्देशन दिइएको छ । न्यू महालक्ष्मी कोल्ड स्टोरमा पसलमा सामानहरु दाना, जेनेरेटरलगायत अन्य सामानहरु जथाभावी राखेर व्यवस्थापन नगरेको, कमलविनायक मिट शपमा दर्ता प्रमाणपत्र पसलमा नराखेको, सामानहरु जथाभावी राख्दै, फोहर र एप्रोन सेतो प्रयोग नगरेको पाइएको छ ।

त्यस्तै विकास मिट एप्रोन प्रयोग नगरेको, सुरेन्द्र मिट हाउसमा मासु सफा गर्ने पानी एकदम दूषित भएको, सराज मिट शप दर्ता नवीकरण नगरेको, मूलढोका ब्रोइलर हाउस दुई वर्षदेखि पसल नवीकरण नगरेको, मूल्यसूची नराखेको निरीक्षक प्रजापतिले बताउनुभयो । अनुगमनमा समितिका सदस्यसचिव दिलीपकुमार सुवाल, भनपा स्यानिटेशन उपशाखाका व।नि। रामकृष्ण प्रजापति, पशु सेवा शाखाका लालमती लामा, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा र नगरपालिकाका कर उपशाखाका न्हुज किजूको सहभागिता थियो ।