१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० हजार घुससहित दुई जना सशस्त्र प्रहरी पक्राउ



अ+ अ-

धनगढी । सशस्त्र प्रहरी हवल्दार र जवान गरी दुई जना २० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिनेक्रममा रंगेहात पक्राउ गरेको हो ।