७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा प्रकरण : राष्ट्रिय मानवअधिकार आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन



अ+ अ-

काठमाडौं । तत्कालीन् सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाहीबीच भएको घटनाको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ।

आयोगले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै आफूले घटना भएपश्चातको सञ्चार तथा सूचनाको अनुगमन गरिरहेको पनि जनाएको छ। साथै हालसम्म भएको अनुसन्धान र पीडित शाही र घटना बाहिर ल्याउने पत्रकारको सुरक्षा अवस्थाबारे पनि आयोगले प्रहरीसँग जानकारी माग गरेको विज्ञप्ती जनाएको छ ।

घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा ३ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरिएको विज्ञप्तीमा उल्लेख छ ।