२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर



अ+ अ-

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७, फेदीखोलास्थित सडकखण्डमा दुईवटा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब ३ बजेतिर ताकमबाट दरबाङतर्फ आउँदै गरेको ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा पल्टिएर अगाडिबाट आउँदै गरेको ग ३ च ३३१४ नम्बरको यात्रुवाहक बोलेरो जिपमाथि खसेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल पठाएको छ।

दुवै जिपमा गरी १० जना सवार रहेकोमा एकजना सकुशल छन् भने एक घाइतेको अवस्था गम्भीर छ। दुवै सवारीसाधन घटनास्थलमै रहेका छन्।