७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईद्वारा शुभकामना



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार एक सन्देश दिँदै नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतालाई एकापसमा गाँसेर आपसी एकता र सद्भाव राखी साझा नेपाली कायम गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले विभिन्न जातजाति, भाषाभाषीलाई एकापसमा गाँसी सामाजिक भातृत्व कायम राखी राष्ट्रिय एकता कायम गर्न यस चाड सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभयो ।