२३ असार २०८३, मंगलवार
,
Latest
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ



अ+ अ-

काठमाडौँ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ चयन हुनुभएको छ ।

यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएकी गुरुङले केन्द्रीय महिला उद्यमी समितिको अध्यक्ष तथा महासङ्घको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो ।

महासङ्घको ललितपुरमा सम्पन्न २६औँ राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षहरुमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादवकुमार अधिकारी, हरिहर थापा, जानकी प्रधान, मोहन कटुवाल, रामनाथ मैनाली, सत्यनारायण प्रजापती, चन्द्रबहादुर बुढा क्षेत्री र गुणराज ढकाललाई निर्वाचित गरेको छ ।

महासङ्घको महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डिसी र सहकोषाध्यक्ष हेमविक्रम जिसी निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङले रासससँगको कुराकानीमा महासङ्घको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरुको हक हितमा काम गर्ने बताउनुभयो ।  रासस