१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ लाख मानिसले उपत्यका छोडे



अ+ अ-

काठमाडौं । दसैँ मनाउन काठमाडौँबाट मानिसहरु आआफ्ना घर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।

उपत्यकाका अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् ।

गत असोज ५ गतेदेखि सप्तमीका दिनसम्म उपत्यकाबाट २ लाख ६१ हजार ६ सय २८ सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट २३ लाख ८४ हजार ९३१ जना मानिस बाहिरिएको प्रहरीको तथ्याङकले देखाएको छ।