१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य

जोखिमसाथ डुङ्गाबाट वारपार गर्न बाध्य
अ अ+ अ-

बैतडी । बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक महाकाली नदीमा जोखिम लिएर भएपनि डुङ्गाबाट वारपार गर्न बाध्य भएका छन् । महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा स्थानीयवासीले जोखिम मोलेरै डुङ्गाबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।

दैनिक उपभोग्य सामग्रीदेखि उपचारका लागि सीमावर्ती भारतीय बजार निर्भर हुनुपरेकाले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिआएको स्थानीय शिक्षक महामलसिंह साउदले बताउनुभयो । बर्सातको समयमा डुङ्गाबाट आवतजावत गर्न निकै डर लाग्ने गरेको उहाँले बताउनुभयो । तल्लोसोराड क्षेत्रमा ६ भन्दा बढी घाटबाट डुङ्गाबाटै ओहोरदोहोर गर्ने गरिएको छ ।

बर्सातका समयमा पुल नहुँदा डुङ्गाकै भरले महाकाली नदी तर्नुपर्ने बाध्यता रहिआएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । विसं २०७४ सालमा पञ्चेश्वर महाकाली नदीमाथि पुल बनाउने भनेर ठेक्का भएको भएपनि भारतले सहमति नदिँदा सो क्षेत्रमा पुल बन्न सकेको छैन । अहिले ठेक्का रद्द भइसकेको अध्यक्ष चन्दले बताउनुभयो । भारतले पञ्चेश्वरको डुबान क्षेत्रमा झोलुङ्गे पुल बन्न लागेको भन्दै सहमति नदिएको बताइएको छ ।

तल्लोसोराड क्षेत्रमा कच्ची सडक भएकाले बर्सातको समयमा हरेक चीजका लागि भारतीय बजारमै निर्भर रहनु परेको छ । महाकाली नदीमा डुङ्गाको भरमा यात्रा गर्न थालेको वर्षौं भएपनि पुल निर्माणका लागि सरकारले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।

तल्लोसोराडवासीको पीडा आफूले परराष्ट्र मन्त्रालयमा भनेको भए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताउनुभयो ।