७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट क्रिकेट : भारतद्वारा दक्षिण अफ्रिका पराजित



अ+ अ-

विशाखापटनम । भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेट भारतले २०३ रनले जितेको छ । जितका लागि ३९५ रनको विशाल चुनौती पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन १९१ रनमै समेटिएको थियो । भारतलाई जित दिलाउन भारतीय बलर मोहम्मद शामी र रविन्द्र जडेजाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । शामीले ५ तथा रविन्द्रले ४ विकेट लिएका थिए ।

तीन खेलको यस शृंखलामा भारतले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाका तर्फबाट सर्वाधिक डेन पाइडिटले ५६ तथा सेनुरान मुथुसामीले अविजित ४९ रन बनाएका थिए । यी दुईबीचको दोस्रो टेस्ट क्रिकेट आगामी अक्टोबर १० मा पुणेमा शुरु हुनेछ ।

स्कोर बोर्ड
भारत – पहिलो इनिङ – ५०२ रन, दोस्रो इनिङ ३२३ रन (जितका लागि ३९५ रनको लक्ष्य प्रस्तुत) दक्षिण अफ्रिका – पहिलो इनिङ – ४३१ रन, दोस्रो इनिङ १९१ रन (२०३ रनले पराजित)