१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यहारको आरोप लागेका महरालाई प्रकाउ गर्ने तयारी



अ+ अ-

काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले प्रकाउ गर्ने तयारी गरेको छ। यौन दुर्व्यहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले पक्राउको तयारी गरेको छ।

संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। महराविरुद्ध गत शुक्रबार बानेश्वर वृत्तमा उजुरी परेको थियो।

स्रोतकाअनुसार राजीनाम दिए पनि सभामुखको सरकारी निवासमा नै रहेका महरालाई प्रहरीले पक्राउको तयारी गरेको जनाएको छ।