७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यहारको आरोप लागेका महरालाई प्रकाउ गर्ने तयारी



अ+ अ-

काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले प्रकाउ गर्ने तयारी गरेको छ। यौन दुर्व्यहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले पक्राउको तयारी गरेको छ।

संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। महराविरुद्ध गत शुक्रबार बानेश्वर वृत्तमा उजुरी परेको थियो।

स्रोतकाअनुसार राजीनाम दिए पनि सभामुखको सरकारी निवासमा नै रहेका महरालाई प्रहरीले पक्राउको तयारी गरेको जनाएको छ।