१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यहारको आरोपमा पुर्बसभामुख महरा पक्राउ



अ+ अ-

काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार महरााविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएपछि महरालाई प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको छ ।

संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन्। तर महराले भने आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।