७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यहारको आरोपमा पुर्बसभामुख महरा पक्राउ



अ+ अ-

काठमाडौं । यौन दुर्व्यहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार महरााविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएपछि महरालाई प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको छ ।

संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन्। तर महराले भने आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए ।