१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । भारतको आर्थिक राजधानी मुम्बईमा भारी वर्षाका कारण एक तीनतले आवासीय भवन भत्किँदा ६ जनाको मृत्यु भएको छ । आईतवार राति भएको उक्त दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार महाराष्ट्रको राजधानी मुम्बईस्थित मानखुर्द क्षेत्रको जनता नगरमा उक्त आवासीय भवनको एक हिस्सा भत्किएको हो ।

बृहन्मुम्बई नगर निगम (बीएमसी) ले दिएको जानकारीअनुसार घटनालगत्तै उद्धार टोलीहरू परिचालन गरी भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य शुरु गरिएको थियो । भवन भत्किनुको ठोस कारणबारे हाल अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । घटनास्थलमा उद्धार र भग्नावशेष व्यवस्थापनको कार्य जारी रहनुका साथै आसपासका अन्य संरचनाहरूको जोखिमसमेत आकलन भइरहेको छ ।

मुम्बईमा आइतबारदेखि नै भीषण वर्षा भइरहेको छ, जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाकै कारण मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा करिव एक घण्टा अवरुद्ध भएको थियो भने सहरका विभिन्न सडकहरू जलमग्न भएका छन् ।

भारतीय मौसम विज्ञान विभागले मुम्बईमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरेको छ । भारी वर्षाका कारण मुम्बई र पुणे जोड्ने एक्सप्रेसवेमा समेत पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ । शहरका विभिन्न स्थानमा रूखहरू ढलेका विवरणहरू पनि प्राप्त भएका छन् ।