१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना

चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना
अ अ+ अ-

भरतपुर । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो । सङ्ग्रहालयसँगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा सङ्ग्रहालयसँगै अनुसन्धान केन्द्र बनेको छैन ।

लामिछानेले थारु कला संस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल र हरिकला लामिछाने प्रतिष्ठानले रु १२ लाख ३१ हजार १६१ सहयोग गरेको थियो । यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत सांसद सुरेन्द्र पाण्डे र रुकमणि चौधरीबाट रु १० लाख, साविक बछौली गाविस (रनपा वडा नं ५, ६ र ७) बाट रु चार लाख, थारु सांस्कृतिक सङ्ग्रहालयको आन्तरिक स्रोतबाट रु पाँच लाख, स्वयंमसेवी विद्यार्थी फ्रान्सबाट रु दुई लाख र अन्य सङ्घसंस्थाबाट सहयोग प्राप्त भएको सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान गरिएको थियो । उहाँलाई कार्यक्रमका सभापति रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सम्मान पत्र प्रदान गर्नुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चितवनको पर्यटन थारु समुदायसँग जोडिएकोले थारु संस्कृति जोगाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो ।

कार्यक्रममा थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले थारु समुदायको बारेमा चासो राख्ने र अनुसन्धान गर्नेका लागि अनुसन्धान केन्द्र सहयोगी बन्ने बताउनुभयो । बछौलीमा २०६३ सालमा थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना भएको थियो । अहिले यो सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु सांस्कृतिक सङ्ग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।

कार्यक्रममा नेपाल जर्मन फ्रेण्डसिपका अध्यक्ष तथा एनआरएनएका पूर्वउपाध्यक्ष रामप्रताप थापा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख रामकुमार अर्याल, रनपा ५ का वडाध्यक्ष कृष्ण महतो, थारु कल्याणकारिणी सभाका पूर्वकेन्द्रीय सदस्य, थारु सङ्ग्रहालयका सल्लाहकार सत्यनाराण चौधरी, सङ्ग्रहालयका संरक्षक वासु चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष वासुदेव ढुङ्गानालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।