१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा



अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको औपचारिक बिदाइ गरेको छ।

सोमबार आयोजित बिदाइ कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि तथा निर्वाचन व्यवस्थापनमा पुर्‍याएको योगदानप्रति आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भण्डारीलाई मृदुभाषी, कानूनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गर्दै राष्ट्र संकटमा परेका विभिन्न समयमा उहाँले सक्षम नेतृत्व प्रस्तुत गरेको बताउनुभयो।

प्रवक्ता भट्टराईले आयोगमा आउनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व रहेका भण्डारीको कार्यक्षमतामा आयोगमा रहँदाको अनुभवले थप निखार ल्याएको उल्लेख गर्नुभयो। कार्यकालमा हासिल भएको अनुभव र दक्षताले आगामी दिनमा उहाँलाई थप सफल हुन महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँको स्वस्थ, सक्रिय र सफल भविष्यको शुभकामना दिनुभयो।

उहाँले भन्नुभयो, “मान्यज्यूले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तका रूपमा निर्वाह गर्नुभएको भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु। बिदाइ कसैका लागि पनि सहज हुँदैन। हामीले मृदुभाषी, कानूनविद् र सबैलाई अप्ठ्यारोमा मार्गदर्शन गर्ने अभिभावकलाई नियमित कार्यदैनिकबाट बिदाइ गर्दैछौँ। आयोगमा रहँदाको अनुभवले उहाँको व्यक्तित्वमा थप निखार ल्याएको छ। राष्ट्र संकटमा रहेका बेला उहाँले दिएको नेतृत्वले उहाँलाई अब्बल नेतृत्वका रूपमा स्थापित गरेको छ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले २०८२ सालको भदौमा भएको जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोक्नुभएको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेतृत्व गर्नुभएको थियो। निर्वाचन हुने वा नहुने अन्योल रहेको अवस्थामा उहाँले राजनीतिक दल र जेन–जी पुस्तालाई निर्वाचन प्रक्रियामा सहभागी गराउँदै सहमति र विश्वासको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आयोगले जनाएको छ।