१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
अ अ+ अ-

तनहुँ। कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यालयम प्रभावकारी बन्दै गएको छ ।

आधुनिक कृषि प्रविधिको प्रयोग, व्यावसायिक खेती, कृषि यान्त्रिकीकरण, सीप विकास तालिम तथा बजारसँगको पहुँच विस्तार भएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित भएका छन् ।

परम्परागत रुपमा खुला रुपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ‘ब्रान्ड’, आकर्षक ‘लेबल’ र गुणस्तरीय ‘प्याकेजिङ’सहित उपभोक्तामाझ पुग्न थालेका थालेका छन् । तनहुँमा उत्पादन हुने कृषिउपजले पछिल्ला वर्षमा बजारमा नयाँ पहिचान बनाएर ‘ब्राण्डिङ’ गरी उपभोक्तासम्म पु¥याउन थालिएको छ ।

कृषि विकास कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा कृषि उद्यम विकास कार्यक्रममार्फत जिल्लाका कृषि उद्यमी, समूह र सहकारीमार्फत उत्पादन हुने कृषिउपजको मूल्य अभिवृद्धि तथा बजारीकरणमा टेवा पुगेको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो ।

“कार्यक्रमअन्तर्गत किसानद्वारा उत्पादित उपजको ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ र बजार प्रवद्र्धनमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउदै आएका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यक्रमअन्तर्गत बेसार, अदुवा, मह, सातु, तोरीको तेल, मकै, फापर, कोदो, गहुँ तथा चामलको पिठो, प्रशोधित चामल, मकैजन्य परिकार तथा विभिन्न दलहन र गेँडागुडीजस्ता उत्पादन बजारमा आकर्षक रुपमा सामग्री उपलब्ध गराउन थालिएको छ ।”

उपजको गुणस्तरप्रति उपभोक्ताको विश्वास बढाउनुका साथै किसानले उत्पादन गरेका वस्तुको मूल्य पाउने अवस्था सिर्जना हुने गरेको परियारको भनाइ छ । कृषि क्षेत्रमा उत्पादन बढाउनेभन्दा पनि त्यसको मूल्य अभिवृद्धि गरी बजारसम्म पु¥याउने चुनौती रहँदै आएकोमा यस कार्यक्रम प्रभावकारी देखिएको उहाँले बताउनुभयो ।

“स्थानीय उत्पादनलाई ब्रान्डसहित बिक्री गर्न थालेपछि बजार विस्तार हुनुका साथै कृषि उद्यम व्यवसायको रुपमा विकास हुने र यसले आत्मविश्वास बढाउदै आर्थिक रुपमा सबल बनाउने पनि सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो । “बजारमा आयातिय वस्तुसँग स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ अपरिहार्य बनेको छ”, बाली संरक्षण अधिकृत परियारले भन्नुभयो, “यस कार्यक्रमले किसानको उत्पादनलाई पहिचान निर्धारण गर्नुका साथै बजारसँग जोड्ने प्रभावकारी माध्यम पनि बनेको छ ।”

यस कार्यक्रमले किसानको सहभागिता अपेक्षाअनुसार बढाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । अधिकांश किसान अझै परम्परागत उत्पादन तथा बिक्री गरिरहेकाले सीमित सहभागिताका बाबजुत कार्यक्रमले स्थानीय उत्पादनको व्यवसायीकरण, मूल्य अभिवृद्धि र बजारीकरणमा सकारात्मक प्रभाव पारेको देखिएको कार्यालयले जनाएको छ ।

किसानको आम्दानी वृद्धि गर्दै उत्पादन बढाउनु मात्र पर्याप्त नभएर उत्पादनलाई प्रशोधन, ब्रान्डिङ र गुणस्तरीय प्याकेजिङ गरी बजारको मागअनुसार बिक्री वितरण गर्न सके मात्रै कृषि व्यवसायलाई दिगो बनाउन सकिने भएकाले कार्यालयले यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सूचना अधिकारी परियारले बताउनुभयो ।

कृषि विकास कार्यालयले आगामी आर्थिक वर्षमा यस्ता प्याकेजिङसहितको कार्यक्रमलाई थप विस्तार गर्दै बढीभन्दा बढी किसान, कृषि उद्यमी र सहकारीलाई समेट्ने तयारी गरेको छ । स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा स्थापित गर्न ब्रान्डिङ र मूल्य अभिवृद्धिमा केन्द्रित कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई बढाएर यस पेसा तथा व्यवसायमा युवालाई आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाको सुन्धारा महिला समूह र भिमाद नगरपालकाको सिद्ध बहुउद्देश्य सहकारी संस्थामा आबद्ध कृषकले बेसारको प्याकेजिङ गर्दै आएका छन् । प्याकेजिङ, लेबलिङ गरिएका बेसारमा बजारमा उपलब् गराउदै आएका छन् । शुक्लागण्डी नगरपालिकामा शुक्लागण्डकी सातु उद्योगले स्थानीयउपज सङ्कलन गरी सातु उत्पादन गरी प्याकेजिङको काम गर्दै आएको छ ।

व्यास नगरपालिका–१२ छिर्कनेस्थित मित्र राइस मिलले चामलको प्याकेजिङ गरी ब्राण्डिङको काम गर्दै आएको छ भने भानु–१ मा तोरीको तेल उत्पादन गरिँदै आइरहेकोे छ ।

आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषक समूहले कोदोको पिठो, मकैको च्याख्ला, दालजन्य वस्तुलाई प्याकेजिङ र ब्राण्डिङ गरी बजार उपलब्ध गराउँदै आएका कृषि विकास कार्यालयले जनाएको छ । यसलाई थप व्यावसायिक र गुणस्तरीय बनाउनका लागि खाद्य डिभिजन कार्यालयसँग समन्वय गरी अनुज्ञपत्र उपलब्ध गराउने कार्यमा कार्यालयले समन्वय गरिरहेको जनाइएको छ ।

यस कार्यक्रमले ग्रामीण खाद्यवस्तुको उत्पादनलाई प्रोत्साहन गर्नुका साथै बजार मूल्यको अस्थिरता, प्राकृतिक विपद्, जलवायु परिवर्तनको असर, कृषि बिमाको सीमित पहुँच, भण्डारण तथा चिस्यान केन्द्रको अभाव र उत्पादनको उचित बजार व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको छ । रासस