काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बरको जीप अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको हो।
दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका पाँचजनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगीएको छ ।